FAQs Complain Problems

समाचार

नागरीकताको प्रतिलिपी सिफारिश

लाग्ने समय: 
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी। ३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी। ४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता। ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश। ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

प्रक्रिया: 

निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७७ सफल पारौ ।