FAQs Complain Problems

समाचार

बेनिघाट रोराङ गाउँपालिकाबाट विपन्न नागरिकलाई उपचार सिफारिस सुरु

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न नागरिकको लागि ८ वटा कडा रोगको लागि सरकारले उपलब्ध गराउने राहतका लागि उपचार सिफारिस गर्न सुरु गरेको छ।

गाउँपालिकाले फागुन १ गतेदेखि उक्त सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मधु सुधन खड्काले जानकारी दिए। उनका अनुसार सेवा सुरु भएसँगै बिरामीले गाउँपालिकाबाट नै सेवा पाउँदा जिल्ला सदरमुकाम सम्म जानुपर्ने बाध्यताको अन्त भएको छ। 

गाउँपालिकाले वडा नं ६ बस्ने राम बहादुर चेपाङको हेड इन्जुरीको सिफारिसबाट उक्त सेवा सुरु गरेको हो।

https://swasthyakhabar.com/story/27074

Line agency types:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।