सार्वजानिक सूचना ।
बेनीघाट रोराङ गाउँपालिका क्षेत्रभित्र सुशासन कायम राख, वातावरण संरक्षण गर्न, सडक तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न र राजस्व सङ्कलनलाई व्यवस्थित बनाउन, निम्नानुसारका कार्यहरू गरेमा गाउँपालिकाको आर्थिक ऐनमा दण्ड तथा जरिवानाको व्यवस्था रहेको व्यहोरा सर्वसाधारण नागरिक, व्यापारी, व्यवसायी तथा सरोकारवाला आम पालिकाबासी नागरिकमा जानकारीको लागि यो सार्वजानिक सूचना प्रकाशित गरिएको छ। गाउँपालिकाले निर्माण गरेका ऐन नियम पालना गरी गाउँपालिकाको विकास र समृद्धिमा सहयोग पुऱ्याउनु हुनेछ, भन्ने पुर्ण आशा लिएका छौ।
पक्की तथा पिच सडकहरूमा निर्माण सामग्री राखेमा
रु. ५,०००/-, पुनः दोहोऱ्याएमा दोब्बर
चालु आ.व. भित्र मालपोत, सम्पत्ति कर, व्यवसाय कर, सवारी कर, विज्ञापन कर तथा जडिबुटी, कवाडी, जीवजन्तु कर नतिरेमा
प्रत्येक वर्षको १० प्रतिशत थप
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रीको अनुमति प्राप्त व्यवसायी/संस्थाले सम्झौताभन्दा बढी वा अनुमतिबेगर उत्खनन/बिक्री गरेमा
उत्खनन भएको परिमाण जफत गरी प्रति घनफिट रु. १४/- जरिवाना
आ.व. २०८२/०८३ देखि नक्सापास नगरी निर्माण कार्य गरेमा
कुल लाग्ने राजस्वको २५ प्रतिशत थप
दर्ता नभई गाउँ-गाउँसम्म सामान बेच्ने झोले/पोके व्यापारी
पटके रु. १,०००/-
जथाभाबी फोहोरमैला निष्कासन गरेमा
पहिलो पटक रु. २००/-, त्यसपछि हरेक पटक दोब्बर
गाउँपालिकामा दर्ता वा इजाजत नलिई नयाँ व्यवसाय सञ्चालन गरेमा
रु. १,०००/-
गाउँपालिकाले निषेध गरेका क्रियाकलाप सञ्चालन गरेमा
गाउँ कार्यपालिकाको निर्णय बमोजिम रु. १,००,०००/- सम्म
गाडीबाट फोहोर फालेमा (प्रति पटक)
रु. २००/-
सार्वजनिक गाडी रोकी सार्वजनिक खुल्ला क्षेत्रमा दिसा-पिसाब गराएमा (प्रति बस)
पहिलो पटक रु. २,०००/-, त्यसपछि हरेक पटक दोब्बर