गाउँपालिकाभित्र संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदाको दिन बाहेक आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गर्ने सम्बन्धमा ।
Powered by
riri one
प्रस्तुत विषयमा बेनीघाट रोराङ गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०५।१८ को बैठकको निर्णयानुसार विभिन्न कारणबाट विद्यालय बन्द भई विद्यार्थीको कक्षा छोड्ने दरमा वृद्धि भएको साथै विद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर देखिएकोले शैक्षिक क्षतिको परिपूरणको लागि अर्को सूचना नभएसम्म यस गाउँपालिकाभित्र संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदाको दिन बाहेक आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गरी पठनपाठन गर्नु गराउनुहुन अनुरोध छ।