दाबी-विरोध पेश गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा मिति २०८३ भाद्र १० र १४ गते त्रिशुली नदिमा आएको बाढीको कारण यस बेनीघाट रोराङ गाउँपालिकामा भएको प्रारम्भिक क्षतिको विवरण देहाय बमोजिम रहेको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। उक्त प्रारम्भिक क्षतिको विवरणमा कुनै तथ्यगत त्रुटि, छुटपुट वा दाबी गर्नुपर्ने विषय भएमा सम्बन्धित व्यक्ति, परिवार, संस्था वा सरोकारवालाले आवश्यक प्रमाणसहित सम्बन्धित वडा कार्यालय तथा यस कार्यालयमा दाबी विरोध पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। दाबी-विरोध पेश गर्ने अवधिः सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र। दाबी-विरोध पेश गर्ने स्थानः सम्बन्धित वडा कार्यालय तथा बेनीघाट रोराङ गाउँपालिकाको कार्यालय।