प्रकाश सिलवाल

प्रकाश सिलवाल

इन्जिनियर

  •  सहरी विकास योजनालाई सहयोग पुग्ने गरी गाउँपालिकाको यातायात गुरुयोजना तयार गर्ने सडक क्षेत्र (Right of Way)कायम र पालना गराउने, सडक संरक्षण र दिगो यातायात विकासका लागि सडकले ओगटेको क्षेत्र सडकको नाउँमा कायम गर्ने गराउने् । 
  • कृषिसडक र सिँचाइ सम्बन्धी नीति, कानुन, मापदण्ड तथा सोसम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने । 
  •  स्थानीय सडक, कृषि सडक, पुलपुलेसा, तटबन्धसम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन कार्यान्वयन गर्ने । 
  •  साबिक गा.वि.स.को प्रयासमा खुलेका सम्भाव्य सडकहरूको मर्मत सम्भार र स्तरोन्नतिका लागि स्थानीय उपभोक्ताहरूको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने, गराउने । 
  •  स्थानीय तहमा योजना तर्जुमाका आधारहरूको अवलम्बन गरी स्वीकृत भएका आयोजना तथा कार्यक्रमहरूको लागत अनुमान तयार गरी योजना शाखामा उपलब्ध गराउने ।
  •  कार्यान्वयनमा रहेको योजनाको प्राविधिक दृष्टिले स्थलगत अनुगमन गरी कार्यान्वयन गर्ने पक्ष (उपभोक्ता समिति वा निर्माण व्यवसायी) लाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिने । 
  •  यातायात सुरक्षाको व्यवस्थापन र नियमन गर्ने । 
  •  सम्पन्न आयोजनाहरूको लगत राखी आवधिक रूपमा मर्मत योजना तयार गरी स्वीकृत गराउने । 
  •  उपभोक्ता समितिबाट सञ्चालित आयोजनाको दिगोपनाका लागि मर्मत कोष खडा गर्न र समितिबाटै मर्मतसम्भार गर्ने व्यवस्था मिलाउन मापदण्ड बनाई लागु गर्न प्रोत्साहन गर्ने । 
  •  प्राकृतिक प्रकोपका कारण वा अन्यकुनै कारणले सार्वजनिक भौतिक संरचनामा अवरोध खडा हुन गएमा वा यातायात अवरुद्ध भएमा तत्काल मर्मतको व्यवस्था मिलाउने । 
  •  गाउँपालिका क्षेत्रमा निर्माण भएका सडक, पुल, कल्भर्ट, खानेपानी, नहर, कुलो, सार्वजनिक भवन आदि पूर्वाधारको मर्मत सम्भारसम्बन्धी कार्य गर्ने । 
  •  सडक, खानेपानी, घर निर्माणको कार्ययोजना तयारसम्बन्धी,
  •  नयाँ दररेट निर्धारणसम्बन्धी खाका तयार गर्ने ।
  • योजनाहरूको सर्भे तथा लागत अनुमान तयारसम्बन्धी,
  • कार्ययोजनाको मूल्याङ्कन तयार सम्बन्धी,
  •  घरको नक्सा पासको अवश्यक कागजात सिफारिस तथा शाखाको टिप्पणी तयार सम्बन्धी,
  •  डिजाइन ड्रइङ तयार तथा बोलपत्र आह्वानसम्बन्धी,
  •  योजनाको मूल्याङ्कन चेकजाँच गरी स्वीकृत गर्नेसम्बन्धी,