FAQs Complain Problems

समाचार

अंगिकृत नागरीकता सिफारिश

लाग्ने समय: 
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१) ब्यहोरा खुलेकोे निवेदन। २)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम । ३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु। ४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी। ५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र। ६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु। ७)सर्जमिन मुचुल्का।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक