FAQs Complain Problems

समाचार

वेनीघाट रोराङ गाउँपालिकाकाे सक्षिप्त परिचय

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०७.७१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३१४७५ जनाको वसोवास रहेको छ ।

व्यक्तिगत घटना दर्ता समयमा गरौं !!!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।