FAQs Complain Problems

समाचार

वेनिघाट रोराङ गाउँपालिका तथा स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यु द्वारा आज २३ गते सिद्धकाली आधारभूत विद्यालय वडा नं ६ बुम्पुङका १३४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्नु भएको छ ।

Read More

यस वर्षको वडादशैंको सार्वजनिक विदा यहि मिति २०७६ साल आश्विन १८ गते देखि २२ सम्म रहेकोले उक्त समयमा कार्यालय बन्द हुने व्यहोरा सम्पूर्णमा जानकारी गर्दछौ । साथै नेपालीहरुको महानपर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी,आमाबुबाहरुमा सुख,शान्ति,सु-स्वास्थ्य,सफल दिर्घ जीवन एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

Read More

वेनीघाट रोराङ गाउँपालिकाकाे सक्षिप्त परिचय

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०७.७१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३१४७५ जनाको वसोवास रहेको छ ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी विवरण

सेवाहरु

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकताप्रमाण–पत्रकोेप्रतिलिपी। ३)आर्थिक अवस्था कमजोर भएकोपुष्टि हुने कागजात। ४)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रकोप्रतिलिपी। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आय श्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम । ३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु। ४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी। ५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र। ६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु। ७)सर्जमिन मुचुल्का।

सेवा प्रकारः- नागरिकताको प्रतिलिपि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी। ३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी। ४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता। ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश। ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता। ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी। ५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) फोटो चार प्रति।

जानकारी