FAQs Complain Problems

समाचार

Body:
photo (field_photo:delta):
Body:
photo (field_photo:delta):

बेनीघाट रोराङ गाउँपालिकाकाे सक्षिप्त परिचय

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३१४७५ जनाको वसोवास रहेको छ ।

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"