FAQs Complain Problems

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना

धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका अन्तरगत श्री पिपल भञ्ज्याङ माध्यमिक विद्यालय, बेनीघाट रोराङ गाउँपालिका वडा नं.-२, ताल्तीमा माध्यमिक तह, द्वितीय श्रेणी, गणित विषयमा कार्यरत स्थायी शिक्षक श्री नानीबाबु लोहनीको मिति २०८१।०९।१५ मा अनिवार्य अवकाश भई रिक्त हुने उक्त पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको चलानी नं.५४ मिति २०८१/०८/२४ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयमा योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र शिक्षा नियमावली २०५९ (संशोधन सहित) को अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
पुनश्चः
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना pipalbhanjyang2013@gmail.com मार्फत् समेत निवेदन पेस गर्न सकिनेछ।
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारवाही हुने छैन।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक