समाचार
वडा ०५ को ७ (सात) दिने सार्वजानिक सूचना प्रकाशन गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा मिति २०८३/०३/२४मा यस स्थानीय तहमा प्रकाशित सूचनाअनुसार मिति २०७८/०२/०८ देखि हाल सम्म वडा नं ०५ मा पेश भएका निवेदन अनुसार यो वडामा वसोवास गर्ने व्यक्तिहरुले आफ्नो र आफ्नो परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र जग्गा जमिन नभएको र परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रवन्ध गर्न असमर्थ भएको, विगतमा आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलब्ध नगराएको तथा मिति २०७६ माघ २८ पछि आफ्नो परिवारका कुनै सदस्यको नाममा रेहेको जग्गा बिक्री वा हक हस्तान्तरण नगरेको भनी आफूलाई भूमिहीन सुकुम्बासी दाबी गरी २०६६ साल माघ २८ गते अघिदेखि जग्गा आवाद समोत गर्दै आएको स्थानमा वा अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी निःशुल्क जग्गा पाउन स्थानीय तह मार्फत स्खमितिमा निवेदन पेश गरेकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। निवेदनमा उल्लेखित व्यहोरा संशोधन गर्नु परेमा निवेदक स्वयंले र कुनै उजुर वाजुर वा दावी विरोध भए जोसुकैले ७ (सात) दिनभित्र (२०८३/०३/३१) सम्म वडामा प्रमाणसहित निवेदन दर्ता गराउनुहुन वा उजुर गर्न जानकारी गराइन्छ ।
आर्थिक वर्ष:
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो

