FAQs Complain Problems

गा.पा अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी ज्युबाट कोभिड-१९ संक्रमितलाई आपतकालीन सहयोग गर्नुहुदै |

सेवा नै धर्म हो भन्ने भावनालाई चरितार्थ गर्दै वेनीघाट रोराङ गाउँपालिका भित्रका एम्बुलेन्सहरु विरामी ओसारपसारमा व्यस्त भएको कारण गा.पा अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी(हरि) ज्यूले आपतकालिन सहयोग गर्न आफुले प्रयोग गर्दै आउनु भएको कार्यालयको सवारी सम्पुर्ण स्वास्थ्य सावधानी अपनाई स्वयं चलाएर कोभिड-१९ संक्रमित यसै गा.पा वडा नं - ५, अस्थायी निवासी वर्ष ३४ का पुरुषलाई स्वास्थ्यमा आएको आकस्मिक समस्याको कारण हिजो मिति २०७८/०२/०२ गते राति गजुरी गा.पा मलेखु स्थित् टिचिङ अस्पतालसम्म पुर्याउने तथा आज मिति २०७८/०२/०३ का दिन निज पुरुषको स्वास्थ्यमा सुधारआई चिकित्सकको होम आइसोलेशनमा बस्ने सल्लाह बमोजिम निजलाई उक्त अस्पतालबाट घरसम्म पुर्याएर सहयोग गर्नु भएको छ |

यस विषम परिस्थितीमा गाउँपालिका बासीहरुलाई जस्तोसुकै सहयोग गर्न पनि आफु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण गा.पा बासीहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी कोभिड-१९ नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अनुरोध पनि गर्नु भएको छ |

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७८ सफल पारौ ।