FAQs Complain Problems

सूचना सूचना सूचना

प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रममा (CBR) बजेट प्राप्त भएको छ। यस बेनीघाट रोराङ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था छनौट गरी साझेदारीमा कार्यक्रम संचालन गर्नु पर्ने भएकोले तपसिल बमोजिमका कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र इच्छुक गैर सरकारी संस्थाहरुले बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। सामाजिक विकास मन्त्रालयबाट प्राप्त निर्देशिका तथा कार्यविधि बमोजिम संस्था छनौट गर्ने अधिकार समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम समन्नव्य तथा अनुगमन समितिलाई हुनेछ। तपसिलः-
१. अपाङ्गता क्षेत्रमा काम गरेको अनुभव सम्बन्धि कागजात,
२. संस्थाको विधान, प्रशासनिक र आर्थिक नियमावलीको फोटोकपी,
३. संस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र हरेक वर्ष नियमित नविकरण गरेको प्रमाणपत्र,
४. संस्थाको आफ्नो कार्यालय र आधिकारीक सम्पर्क नम्बर इमेल ठेगाना भएको कागजात,
५. संस्था समाज कल्याण परिषदमा आवद्ध र नियमित नविकरण भएको प्रमाणपत्र,
६. सम्बन्धित स्थानीय तहमा सूचीकृत भएको कागजात,
७. अपाङ्गता क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको कार्यविवरण तथा अनुभव सम्बन्धि कागजात,
८. आ.व २०८१/०८२ मा गरेको लेखापरिक्षण प्रतिवेदन,
९. संस्थाको भौतिक पूर्वाधार दर्शाउने कागजात।
पुनश्चः- अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम संचालन कार्यविधि २०८० बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको Website (www.mosd.bagmati.gov.np) मा Download ग हेर्न सकिनेछ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//