समाचार
सहुलियत कर्जा सम्वन्धी सम्झौता
बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच आज मिति २०७७ माघ ५ गते गाउँपालिका क्षेत्र भित्र कृषि तथा पशुपन्छी जन्य व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि नेपाल राष्ट्रबैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, संशोधित २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले चौपक्षीय सम्झौता सम्पन्न भयो। यो सम्झौतावाट कर्जाको पहुँचवाट टाढा रहेका अति विपन्न साना उद्यमी, व्यवसायीहरुले भरपुर फाइदा लिनेछन भन्ने आशा गरिएको छ। यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत कर्मचारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको समेत उपस्थिति रहेको छ।
आर्थिक वर्ष:
" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "
विद्यार्थी भर्ना अभियान २०७७ सफल पारौ ।