समाचार
सूचना तथा समाचार
स्वागत तथा विदाई कार्यक्रम । |
, , , , , , , , |
यस वेनीघाट रोराङ गाउँपालिका कार्यालयमा समायोजन भै आउनुभएका लेखापाल श्री डिल्लीराम शर्मा, सहायक महिला विकास निरिक्षक श्री पुजा खनाल र कार्यालय सहयोगी श्री वेद प्रसाद खनाललाई स्वागत तथा मिति २०७६/०४/०८ गते देखि ५८ वर्ष पुगि सेवा निवृत्त हुनुभएका कृषि शाखाका वागवानी विकास अधिकृत श्री निलकण्ठ पौडेललाई विदाई कार्यक्रममा गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू र उपाध्यक्ष श्री देवी प्रसाद सिल्वाल ज्यू तथा सम्पुर्ण गा.पा कर्मचारी परिवारबाट स्वागत तथा विदाई गरिएको छ । |
यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको छ । |
, , , |
यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको छ । |
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई |
, |
विगत लामो समय देखि वेनिघाट रोराङ - २ साबिक वडा नं. ५ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आउनु भएकी सानु भुजेलले स्वास्थ्य अवस्था देखाई सो पदबाट राजिनामा दिनु भएकोले उहाँलाई गा.पा को तर्फबाट रु ४०,००० |- को चेक सहित सम्मानजनक विदाई गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द भट्टराई । |
नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु हुदै गा.पा अध्यक्ष ज्यू । |
, , , |
|
नेपाल सरकार स्वास्थ्य विमा बोर्डद्वारा यस गाउँपालिकाका सरोकारवालाहरुलाई स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको केहि झलक !!! |
, , , , |
|
जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा संचालन भएको स्वास्थ्य कार्यक्रमहरुको बारेमा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रममा उठेका विभिन्न विषय वस्तुको सम्बोधन गर्नु हुदै गा.पा. अध्यक्ष ज्यू । |
, , , |
|
विद्यालयहरुको हाल सम्मको सबै शिर्षकको निकासा २०७५/०७६ |
||
आज मिति २०७६/०३/१० गते यस गाउँपालिकाको आ.व. २०७६/०७७ का लागि पूँजिगत तर्फ रु ३१३०४१०००/- तथा चालु तर्फ रु २५४८१६०००/- गरी कूल रू ५६७८५७०००/-काे बार्षिक बजेट,नीति तथा कार्यक्रम पाँचाै गाउँसभाबाट पारित। |
, , , , |
|
सार्वजनिक हितका लागी जिल्ला प्रशासन कार्यालयको सूचना । |
|
|
प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालयको अनुगमन गर्नुभएको छ । |
, , , , |
प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू लगायत वडा अध्यक्ष ज्यू हरु बाट आज वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालय र जय वागेश्वरी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनको अवलोकन तथा अनुगमन गर्नु भएको छ । |
Pages
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो







































