समाचार
५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस शिक्षा , विभिन्न व्यक्तित्वहरु सम्मानित
आज मिति २०७९ भाद्र २३ गतेका दिन बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम गाउँ शिक्षा समितिका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक)ज्यूको अध्यक्षता र बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय शालिकराम जमकट्टेलज्यूको प्रमुख आतिथ्यतामा " साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण" भन्ने मूल नाराका साथ ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस तथा "शिक्षामा सुधार - प्रगतिको आधार" भन्ने नाराका साथ प्रथम स्थानीय शिक्षा दिवस भव्यताका साथ सम्पन्न गरियो । पूर्व गापा अध्यक्ष, उपाध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाई धादिङ निमित्त इकाई प्रमुख श्री कृष्ण कुमार श्रेष्ठ, सबै वहाअध्यक्षज्यूहरु, कार्यपालिकाका अन्य सबै सदस्यहरु, राजनैतिक दलका प्रमुखहरु, गाउँ शिक्षा समितिका सदस्यहरु, सामुदायिक सिकाई केन्द्र, सम्पूर्ण विद्यालयका प्रअ, शिक्षकहरु लगायत सम्पूर्ण शिक्षाप्रेमी, बुद्धिजिवी, समाजसेवी तथा विद्यार्थी भाईबहिनीहरुको उपस्थितिमा सञ्चालित समारोहमा प्रमुख अतिथि माननीय मन्त्रीज्यू, पालिका प्रमुख कृष्ण बहादुर थपलिया ( विवेक ), गापा उपाध्यक्ष श्री टाप बहादुर श्रेष्ठज्यू, पूर्व गापा अध्यक्ष पित्त बहादुर डल्लाकोटीज्यू,पूर्व गापा उपाध्यक्ष श्री देवी प्रसाद सिलवालज्यू, पार्टीका प्रमुखज्यूहरु श्री राजेन्द्र कडेलज्यू, श्री ऋषिनाथ त्रिपाठीज्यू, श्री रमेश कुमार भट्टराईज्यू, निमित्त इकाई प्रमुख श्री कृष्ण कुमार श्रेष्ठज्यू, सामाजिक विकास समितिका संयोजक श्री टेकनाथ सिलवालज्यू, पेशागत शिक्षकहरुको तर्फबाट श्री रेष्टन कडेलज्यूले महत्वपूर्ण शुभकामना मन्तब्य दिनु भएको थियो । कक्षा ८, SEE र कक्षा १२ को नतिजालाई आधार मानेर उत्कृष्ट विद्यालयहरु, विषयगत शिक्षकहरु, विद्यार्थी भाइबहिनीहरु तथा विव्यस अध्यक्ष / शिक्षक अभिभावक संघका अध्यक्षज्यूहरुलाई सो समारोहमा सम्मानित गरियो । यहाँहरुलाई हार्दिक
बधाई
छ । आगामी दिनमा यहाँहरुको थप योगदान रहोस । सबै शिक्षक साथीहरु र विद्यार्थी भाइबहिनीहरुको नृत्य र अन्य प्रस्तुतीहरु अधिक राम्रो रहयो, यहाँहरुलाई धन्यवाद छ । हाम्रो आतिथ्यतालाई शिरोपर गरी आउनु हुने सबै सबै व्यक्तित्वजनहरुलाई गाउँपालिका हार्दिक धन्यवाद दिन चाहन्छ । आगामी दिनहरूमा पनि यहाँहरुको यस्तै साथ सहयोग र सुझाव सल्लाहको अपिल गर्दछ। विशेष गरी विद्यालयहरु अधिक सहभागी भईदिनु भयो । यसका लागि यहाँहरु प्रति हार्दिक आभार छ । कार्यक्रम सञ्चालन र व्यवस्थापनमा केही गल्ती कमजोरीहरु भए होलान, यसलाई आफ्नै कार्यक्रम सम्झी आगामी दिनका लागि सकारात्मक सुझावहरु दिनुहोला ।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"