FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्राथमिक तह, तृतीय श्रेणी, राहत तथा करार शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना। (प्रकाशित मिति : २०८१।०८।१९ गते)

गाउँपालिकाको करारमा शिक्षक कर्मचारी नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम मिति २०८१ साल मंसिर १९ गते सञ्चालन भएको प्राथमिक तह, तृतीय श्रेणी, करार शिक्षक पदको वस्तुगत र विषयगत परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये तपसिलका उम्मेदवारहरु सफल हुनुभएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै परीक्षामा सफल हुने परीक्षार्थीहरुको अन्तरवार्ता मिति २०८१ साल पौष १ गते विहान ठिक ११ बजे बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा परीक्षार्थीहरुको सिम्बोल नम्बरको शुरुको क्रम अनुसार नै हुने भएकोले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र र सक्कली शैक्षिक प्रमाणपत्रका कागजात सहित उपस्थित हुनहुन अनुरोध छ।

सूचना ! सूचना सूचना !!!

मिति २०८१/०८/२० गते पर्न गएको २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस तथा प्रथम गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा यस बेनीघाट रोराङ गाउँपालिका प्राङ्गणमा विविध कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा उपस्थितिको लागि इच्छुक सबैमा यसै सूचना मार्फत् हार्दिक आमन्त्रण गर्दछौँ। उक्त दिन स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सुत्केरी सेवा बाहेक अन्य सेवाहरु बन्द रहने जानकारी गराउँदै सो बाट आम सर्वसाधारणमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं।

निःशुल्क मोतियाबिन्दु जाँच तथा शल्यक्रिया शिविरको आंकडा

परीक्षा मिति तोकिएको सम्बन्धी सूचना ।

यस बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुमा रिक्त हुन आएका वा रिक्त हुने राहत तथा करारमा शिक्षक नियुक्तिको लागि विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गर्नुपर्ने भएकोले मिति २०८१।०५।१४ गते प्रकाशित सूचना अनुसार यस कार्यालयमा दरखास्त दिनुहुने आवेदकहरुको तपसिल बमोजिम सामान्य (वस्तुगत) र विषयगत परीक्षा हुने भएकोले बेनीघाट रोराङ गाउँपालिकाको करारमा शिक्षक कर्मचारी नियुक्ति सम्बन्धी कार्यविधि, २०८० को दफा ८ बमोजिम शिक्षक छनौट समितिको मिति २०८१।०८।१२ मा बसेको बैठकको निर्णयानुसार आवेदन दिनुहुने यसैसाथ संलग्न सम्पूर्ण उम्मेदवारहरु उक्त परीक्षामा सहभागी हुनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त दिनुहुने तर यसैसाथ सूचिमा उल्लेख नभएका उम्मेदवारहरुले अविलम्ब शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
 

प्लम्बर तालिममा दरखास्ता आवह्वान सम्बन्धी सुचना 

आवेदन पेश गर्ने स्थान: बेनीघाट राेराङ गाउँपालिका विशालटार, धादिङ।
समय: बिहान १० बजेदेखी ४ बजेसम्म 
थप जानकारीकाे लागि सम्पर्क नं:९८४९८४८६४३

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

आ.ब. २०८१/०८२ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण विवरण

पत्र बुझ्न आउने सम्बन्धमा ।

औषधि तथा औषधिजन्य सामाग्री खरिदको दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//