समाचार
सूचना तथा समाचार
बेनिघाट रोराङ गाउँपालिकाबाट विपन्न नागरिकलाई उपचार सिफारिस सुरु |
धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न नागरिकको लागि ८ वटा कडा रोगको लागि सरकारले उपलब्ध गराउने राहतका लागि उपचार सिफारिस गर्न सुरु गरेको छ। गाउँपालिकाले फागुन १ गतेदेखि उक्त सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मधु सुधन खड्काले जानकारी दिए। उनका अनुसार सेवा सुरु भएसँगै बिरामीले गाउँपालिकाबाट नै सेवा पाउँदा जिल्ला सदरमुकाम सम्म जानुपर्ने बाध्यताको अन्त भएको छ। गाउँपालिकाले वडा नं ६ बस्ने राम बहादुर चेपाङको हेड इन्जुरीको सिफारिसबाट उक्त सेवा सुरु गरेको हो। |
|
अपाङ्गता परिचयपत्र सम्बन्धमा अत्यन्त जरुरी सूचना !!! |
आज मिति २०७५/११/२२ गते बुधवार देखि वेनीघाट रोराङ गाउँपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण सुरु गरिएको छ । अब यस गाउँपालिकाबाट हरेक बुधवार नियमित रुपमा अपाङ्गता परिचयपत्र वितरण गरिने छ । |
|
कानूनी सहजकर्ताको तालिम सम्बन्धमा । |
||
वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने बारेको सूचना |
||
हार्दिक समवेदना!!! |
यस वेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को दलित महिला सदस्य गिता नेपालीको ३८ वर्षको उमेरमा असमायिक स्वर्गारोहण भएकोमा शोक सन्सप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको लागी कामना गर्दछौ । वेनिघाट रोराङ गाउँपालिका |
|
निजी आवास पुननिर्माण अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा |
Pages
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz